काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ ।
पटक-पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दा आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।
यस दिन न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र थियो । सन्दीपको मुद्दा एक नम्बरमा परेको थियो । तर, सन्दीपका कानुन व्यवसायीका तर्फबाट मुद्दा स्थगित गरिएको हो ।
नेपाल बार एसोसिएसनका तर्फबाट चितवनमा आयोजित मानवअधिकार सम्मेलनमा अधिवक्ताहरू व्यस्त रहेकाले मुद्दा स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताउनुभयो।