Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपा नेपालको कार्यकारिणी समिति बैठक सोमबार बस्दै

जसपा नेपालको कार्यकारिणी समिति बैठक सोमबार बस्दै

  • आइतवार, मंसिर २४ २०८०

  • 555
    SHARES

  • जसपा नेपालको कार्यकारिणी समिति बैठक सोमबार बस्दै
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। भोलि सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको सो पार्टीले जानकारी दिएको छ।
     
    बैठकमा आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ।
     
    विशेषगरी राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता लगायत समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीको भनाइ छ।
     
    ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बैठक बोलाइएको हो।


    आइतवार, मंसिर २४ २०८००४:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij