Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चोलेन्द्र पौडेलको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक (भिडियोसहित)

चोलेन्द्र पौडेलको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक (भिडियोसहित)

  • मंगलवार, मंसिर २६ २०८०

  • 815
    SHARES

  • चोलेन्द्र पौडेलको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् ।

    पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक क्रियाकलापमा समेत उनको सक्रियता पाइन्छ ।

    यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युटुब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको अभिनय छ । पौडेलकै शब्द संगीत रहेको गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको संगीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।

    पौडेलेको यसअघि थुप्रै सिर्जना आएका छन् । जसमा पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले पौडेललाई चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन् । भिर्ने झोलामा लगायतका उनका गीत रुचाइएको छ । निरन्तर लोकदोहोरीमा लागेर आफुलाई क्रियाशिल बनाउने गायिका मध्ये पर्छिन् उनी । क्रियाशिलता र मेहेनतले नै लामिछानेलाई सफलता दिलाएको हो भन्दा अत्युक्त नहोला ।

    पौडेल र लामिछानेको युगल सांगीतिक जोडीलाई यसअघि पनि मन पराइएको छ । ‘हुन्छ भने हुन्छ भन” बाट समेत सफलता मिल्नेमा उनीहरु विश्वस्त छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

     


    मंगलवार, मंसिर २६ २०८००२:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij