काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित ‘एक्सन रुम’ बाट दुई सडक खण्डको अनुगमन गर्नुभएको छ।
उहाँले सोमबार(आज) दिउँसो नारायणघाट(बुटवल सडक र मुग्लिङ—पोखरा सडक योजनाको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा रहेको एक्सन रुमबाट अनुगमन गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले गत असारमा पनि एक्सन रुमबाटै भेरी–बबई डाइभर्सन आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाको अनुगमन गर्नुभएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा विभिन्न आयोजनाको कार्यप्रगतिबारे अनुगमनका लागि ‘एक्सन रुम’ निर्माण गरिएको थियो। तर यसको अपेक्षाकृत प्रयोग भने भएको पाइँदैन।