Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
राष्ट्रियसभा निर्वाचन 

गठबन्धनमा भागबण्डा टुंगियो, सत्तासाझेदार साना दलहरू असन्तुष्ट, एमालेले दियो १९ सिटमै उम्मेदवारी (खास खबर) 

गठबन्धनमा भागबण्डा टुंगियो, सत्तासाझेदार साना दलहरू असन्तुष्ट, एमालेले दियो १९ सिटमै उम्मेदवारी (खास खबर) 

  • आइतवार, पौष २२ २०८०

  • 830
    SHARES

  • गठबन्धनमा भागबण्डा टुंगियो, सत्तासाझेदार साना दलहरू असन्तुष्ट, एमालेले दियो १९ सिटमै उम्मेदवारी (खास खबर) 
    काडमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिनुभएको थियो । 
     
    उहाँका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ । नेपाली कांग्रेसको कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटिसकेको छ । बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको छ ।
    यता, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले संसदीय अभ्यासमा बहुमत र अल्पमत स्वाभाविक रहेको बताउँदै एमालेसँगको सहकार्यमा केही समस्या पैदा भएको बताउनु  भयो । 
     
    यता, यस्तै एकीकृत समाजवादीले बागमती र कर्णालीमा १–१ सिट पाएको छ । हालको सहमतिलाई स्विकार्दै असन्तुष्टिहरू कायम नै रहेको नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाको भनाइ छ । 
     
    यता, माओवादी केन्द्रबाट कोशीमा महिला कोटामा चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएका छन् ।  यस्तै लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको छ । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
     
    यता, राष्ट्रियसभा सदस्यको चुनावमा १९ सिटका लागि हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले भागबण्डा पाएका छैनन् ।
    यसैबीच, नेकपा एमालेले राष्ट्रियसभाका १९ वटै सिटमा पार्टीका तर्फबाट उम्मेदवारहरू सिफारिस गरिसकेको छ ।
     


    आइतवार, पौष २२ २०८००८:१६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij