काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेको राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नहुँदा मनोनयन रोकिएको छ । सिंहको मनोनयन नभएपछि विजेता झाले मनोनयन गर्ने तयारी गर्नुभएको छ ।
एमालेबाट राष्ट्रिय सभा सदस्य अन्य तर्फका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभएपछि एमालेले विजेता झालाई उम्मेदवार बनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आएका सिंहको नाम मतदाता नामावलीमा नभेटेपछि झालाई उम्मेदवार बनाउन लागिएको एमालेका केन्द्रीय सदस्य सञ्जीव झाले बताउनुभयो ।
कुमारी विजेता यसअघि नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भए पनि २०७९ सालको स्थानीय तहको चुनावमा कांग्रेसले उपमेयरको टिकट नदिएपछि उहाँ एमालेमा प्रवेश गर्नुभएको थियो ।