Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

कर्णालीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

  • सोमवार, पौष २३ २०८०

  • 664
    SHARES

  • कर्णालीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता
    काठमाडौं । राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार(आज) उहाँहरूले मनोनयन दर्ता गर्नुभएको हो ।
     
    एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गर्नुभएको छ ।
     
    उम्मेदवारी दर्ता गर्न जाँदा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरीय सबै नेताहरू निर्वाचनको कार्यालयमा पुग्नुभएको थियो ।
     
    कर्णालीमा राष्ट्रिय सभाको लागी तीन सिटमा मतदान हुँदैछ । सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार संख्या कमजोर रहेको छ ।


    सोमवार, पौष २३ २०८००२:३६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij