Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको समन्वय समिति जिल्लासम्मै गठन, यस्ता छन् बैठकका निर्णय 

सत्ता गठबन्धनको समन्वय समिति जिल्लासम्मै गठन, यस्ता छन् बैठकका निर्णय 

  • बुधवार, पौष २५ २०८०

  • 930
    SHARES

  • सत्ता गठबन्धनको समन्वय समिति जिल्लासम्मै गठन, यस्ता छन् बैठकका निर्णय 
    काठमाडौं । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय गरेको छ ।
     
    बुधबार(आज) काठमाडौँमा बसेको बैठकले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई संयोजक चयन गर्दै ७७ वटै जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन समन्वय समिति गठन गरेको थियो ।
     
    जसमा कांग्रेसबाट लेखकसहित माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन सदस्य रहेका छन् । बैठकबारे जानकारी दिँदै सुमनले सातै प्रदेश र ७७ वटै जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
     
    ‘लोकतान्त्रिक गणतन्त्र पक्षधर उम्मेदवारलाई जिताउन सातै प्रदेश र ७७ वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको छ । आवश्यकता अनुसार सबै ठाउँमा सभापति÷अध्यक्ष संयोजक रहने गरी समिति गठन हुन्छ’, उहाँले भन्नुभयो ।
     
    १९ सदस्य पदका लागि निर्वाचनको लागि गठबन्धन दलहरू कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट २ र जसपाबाट एक जनाले उम्मेदवारी दिएका छन् ।


    बुधवार, पौष २५ २०८००६:४३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij