काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो ।
त्यसका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको उहाँले बताउनुभयो। अर्को स्थायी कमिटी माघ २६ गते बस्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।