काठमाडौं। स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८०बाट चिकित्सक, पत्रकारसहित २५ जना सम्मानित हुनुभएको छ। अवार्डबाट सातै प्रदेशका १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको हो।
प्रमुख अतिथि डा. शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी लगायतबाट उहांँहरु सम्मानित हुनुभएको हो। सम्मानित हुनुहुने हरुमा चिकित्सक तर्फ प्राडा पशुपति चौधरी, प्राडा रामनरेश पण्डित, डा निलम चौरासिया, प्राडा राजेन्द्र प्रसाद कोजु, प्राडा लोक बहादुर सेंढाई, डा.हरि बहादुर खड्का, डा. सरु थापा न्यौपाने रहनुभएको छ।
यस्तै सम्मानित हुनुुुहुने अन्य चिकित्सकहरुमा डा. प्रदेश घिमिरे, डा.गुरु शरण शाह, डा.योगेन्द्र अग्रहरी, डा.अखण्ड उपाध्याय, डा.प्रमोद जोशी र डा.नर बहादुर मौनी रहनुभएको छ। यस्तै सम्मानित हुने पत्रकाहरुमा बरिष्ठ पत्रकार गणशेखर शर्मा, रामराज पोख्रेल, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, वरिष्ठ पत्रकार दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठ रहनुभएको छ।
अवार्डबाट सम्मानित हुनुहुने स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरी प्रसाद भुषाल, दिपेन्द्र कार्की, मेघराज बलामी र सुरेश कुमार अधिकारी रहनु भएको छ। यस्तै अवार्डबाट सम्मानित हुने दुई स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल, बर्दिया र बुलिंगटार गाउंँपालिकाको कार्यालय, नवलपुर रहेका छन।