Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल : चेन्नईमाथि राजस्थानको जित

आईपिएल : चेन्नईमाथि राजस्थानको जित

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.1K
    SHARES

  • आईपिएल : चेन्नईमाथि राजस्थानको जित

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपिएल टी(ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ ।

    अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।
    शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

    राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।
    यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए ।अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे ।जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ ।

    राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ । यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नईलाई हराउँ सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो ।

    चेन्नईको भने प्ले अफ सम्भावना कमजोर बनेको छ । चेन्नईले १० खेलमा ६ अंक जोडेको छ सातौं हार व्यहोरेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।

     


    मंगलवार, कार्तिक ४ २०७७०६:३६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij