Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको ४० लाख मात्रा खोप नष्ट गरिँदै

कोरोनाविरुद्धको ४० लाख मात्रा खोप नष्ट गरिँदै

  • शनिवार, माघ ६ २०८०

  • 875
    SHARES

  • कोरोनाविरुद्धको ४० लाख मात्रा खोप नष्ट गरिँदै

    काठमाडौं। कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याइएको ४०लाख मात्रा खोप नष्ट गरिने भएको छ।सरकारले चीनले नेपाललाई अनुदानमा कोरोनाविरुद्ध प्रयोग गर्न दिएको उक्त मात्राको खोप प्रयोगमा नआएपछि ‘डिस्पोज’ गर्ने तयारी गरेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि विर्सजन गर्ने तयारी गरेको जानकारी दिएको छ।

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उक्त ४०लाख मात्रा खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा केमा राखेर जलाउने भन्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो। बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका थिए।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोप खेर गएको हो। बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो। उक्त खोप चीनबाट अनुदानमा २०७८ वैशाखमा २ पटक गरेर नेपाल आएको थियो।


    शनिवार, माघ ६ २०८००३:४६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij