Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बीपी उपकुलपतिलाई कार्यकारिणी समितिको बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

बीपी उपकुलपतिलाई कार्यकारिणी समितिको बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

  • आइतवार, माघ ७ २०८०

  • 644
    SHARES

  • बीपी उपकुलपतिलाई कार्यकारिणी समितिको बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई तत्काल धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको छ ।

    प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका उपकुलपति कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबार बोलाएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो ।

    ‘तपाईंले पदाधिकारीलाई काठमाडौंमा नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्’, उपकुलपति कार्कीसँग गरेको कुराकानीबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

    प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आइतबारको मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री प्रचण्डले २ माघमा स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

     


    आइतवार, माघ ७ २०८००४:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij