Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल: दिल्लीमाथि पन्जाबको जित

आईपिएल: दिल्लीमाथि पन्जाबको जित

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.2K
    SHARES

  • आईपिएल: दिल्लीमाथि पन्जाबको जित

    एजेन्सी। युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

    दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।
    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

    पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए ।

    यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए । जेम्स निशम १० रनमा अविजित रहे ।दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १र१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

    दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् ।
    धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको कीर्तिमान समेत बनाए । धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् ।

    यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४र१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए ।पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए ।

    यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

    जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ । दिल्ली शीर्ष स्थानमा यथावत रहेको छ ।

    पन्जाबविरुद्ध दिल्लीले सन्दीपलाई मौका दिएको थिएन । सन्दीप लगातार १० खेलमा दिल्लीको प्लेइङ सेट बाहिर रहेका हुन् ।

     


    बुधवार, कार्तिक ५ २०७७०६:४४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij