Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले बोलाए सत्तागठबन्धनको बैठक

प्रचण्डले बोलाए सत्तागठबन्धनको बैठक

  • मंगलवार, माघ १६ २०८०

  • 907
    SHARES

  • प्रचण्डले बोलाए सत्तागठबन्धनको बैठक

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाउनुभएको छ। राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले आज ४ बजेका लागि गठबन्धनको बोलाउनुभएको हो ।

    सो बैठकमा डा सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालाई पनि बोलाइएको छ । सत्ता गठबन्धनबाट राष्ट्रियसभा चुनावमा भाग लिएका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी सहभागी हुने बताइएको छ ।

    कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् । कोशी प्रदेशको बारेमा बैठकमा विशेष समिक्षा समेत हुने बताइएको छ ।


    मंगलवार, माघ १६ २०८००२:३७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij