Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सभापति रवि लामिछानेद्वारा सांसदहरुलाई तीन प्रश्न

सभापति रवि लामिछानेद्वारा सांसदहरुलाई तीन प्रश्न

  • शुक्रवार, माघ १९ २०८०

  • 717
    SHARES

  • सभापति रवि लामिछानेद्वारा सांसदहरुलाई तीन प्रश्न

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई सोधेको तीन प्रश्नमा केन्द्रित भएको छ ।

    आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले एक हप्ताअघि आगामी अधिवेशनका विषयमा पार्टीका सबै सांसदहरुलाई सोधेको प्रश्नमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।

    उहाँका अनुसार सभापति लामिछानेले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने ४० विधेयकमा के भइरहेको छ ? तपाईं भएको समितिमा भए त्यसको अवस्था के छ ? निर्वाचनको बेलामा बाचापत्रमा उठाएको मुद्दा त्यो अनुसार विधेयकमा काम गर्न सक्छौं कि सक्दैनौं र नागरिक अधिकार र स्थानीय समस्याहरुको केके मुद्दा उठाउनुहुन्छ ? भन्ने प्रश्न गर्नुभएको थियो ।

    त्यसबारेमा आज सबैले आआफ्नो कुरा राखेको र सोमबार बैठक बस्नुअघि थप छलफलका लागि बैठक बस्ने उहाँले बताउनुभयो ।

     


    शुक्रवार, माघ १९ २०८००५:०६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij