Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

राष्ट्रियसभामा सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

  • सोमवार, माघ २२ २०८०

  • 561
    SHARES

  • राष्ट्रियसभामा सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौं । राष्ट्रियसभामा सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

    एमालेकी सांसद दिलकुमारी रावलले प्रस्तावक रहेको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत सांसदसम्म समर्थक छन् ।

    जरुरी सार्वजनिक महत्वको प्रस्तावमा १० औं पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरवलोकन माग गरिएको छ ।

    सडक सुरक्षा र सवारी साधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहितको संघीय संरचना अनुरूपको वर्तमान समस्या र चुनौती सम्बोधन गर्ने विधेयक तत्काल संसदमा पेश गर्नुपर्नेमा जोड दिइएको छ ।

    सवारी चालक अनुमतिपत्र प्राप्ति अघि अनिवार्यरूपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालकलाई आवधिकरूपमा सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय प्रस्तावमा राखिएको छ ।


    सोमवार, माघ २२ २०८००२:०१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij