Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुशासन र भ्रष्टाचारको राजनीतिक रङ हुँदैन : जनार्दन शर्मा

सुशासन र भ्रष्टाचारको राजनीतिक रङ हुँदैन : जनार्दन शर्मा

  • बुधवार, माघ २४ २०८०

  • 724
    SHARES

  • सुशासन र भ्रष्टाचारको राजनीतिक रङ हुँदैन : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरू स्वागतयोग्य रहेको बताउनुभएको छ ।

    बुधवार प्रतिनिधिसभाको बैठकमा उहाँले अहिले सरकारले भ्रष्टाचार विरोधी अभियान, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा पहल अगाडि बढाइरहेको बताउनुभयो ।

    भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षको पहलमा राजनीतिक रङ नदिन उहाँको आग्रह छ । ‘सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ हुँदैन । यसलाई सुशासन स्थापना गर्न हामी सबैले साथ र सहयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढङ्गले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्य संयन्त्र र संरचनाहरूको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।

    सहकारीको रकम हिनामिना सुधार र समस्या समाधानका लागि काम गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।


    बुधवार, माघ २४ २०८००२:०९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij