Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्च अदालतद्वारा बदर

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्च अदालतद्वारा बदर

  • बुधवार, माघ २४ २०८०

  • 827
    SHARES

  • गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्च अदालतद्वारा बदर
    काठमाडौं । गिरीबन्धु टी स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
     
    सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बुधबार बदर गरेको थियो ।
     
    गिरीबन्धु चिया बगानको जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको थियो । केपी ओली सरकारका पालामा झापास्थित गिरीबन्धु चिया बगान सार्न दिने गरी सरकारले निर्णय गरेको थियो । सरकारी निर्णयसँगै झापाबाट स्थानीयबासीसँग काठमाडौंका व्यापारी दीपक मलहोत्रा लगायतले करोडौं रुपैयाँ उठाएका थिए ।
     
    चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियतपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीका मागसहित अदालतमा परेको रिटमा आज संवैधानिक इजलासले फैसला गरेको हो ।


    बुधवार, माघ २४ २०८००४:५१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij