Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्विप’ गर्न नेपाललाई दियो २३३ रनको लक्ष्य 

क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्विप’ गर्न नेपाललाई दियो २३३ रनको लक्ष्य 

हेमन्तको डेब्यूमै तीन विकेट
  • सोमवार, माघ २९ २०८०

  • 578
    SHARES

  • क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्विप’ गर्न नेपाललाई दियो २३३ रनको लक्ष्य 

    काठमाडौं । ओडीआई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध जितका लागि २३३  रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो । 

    क्यानडाका लागि ओपनर नवनीत धालीवालले सर्वाधिक ५० रन बनाए। ८२ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। उनलाई आकाश चन्दले रोहित पौडेलबाट क्याचआउट गराए। क्यानडाका लागि निखिल दत्ताले ४५ रन बनाए। ६२ बलको सामना गर्दा २ चौका र एउटा छक्का प्रहार गरेका निखिल रनआउट हुँदै पेभेलियन फर्किए। 

    क्यानडाका साद बिन जाफरले ३१, हर्श ठाकरले २९, श्रेयस मोभ्भाले २५ तथा श्रीमंथा विजयरत्ने २२ रन बनाए। क्यानडाविरुद्ध नेपालका हेमन्त धामीले ३ विकेट लिए। हेमन्तले डेब्यू खेलमै क्यानडाका आरोन जोनशन, श्रेयस मोभ्भा र डिलन हेइलिगरलाई आउट गरे। ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्च गरे। 

    नेपालका लागि कुशल मल्लले २ विकेट लिए। यस्तै, ललित राजवंशी र आकाश चन्दले समान १–१ विकेट लिए। 


    सोमवार, माघ २९ २०८००१:१७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij