काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिनुभएको छ।
सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गर्नुभयो ।
राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताएको उहाँको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उहाँको भनाइ थियो ।
गायिका पौडेल यतिबेला काठमाडौंमा छिन् । इण्डियन आइडलको अन्तिम १० बाट उनी गत साता बाहिरिएकी थिइन् । उक्त भारतीय रियालिटी शोले मेनुकालाई चर्चा दिलाएको छ ।