काठमाडौं । आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियाको सामना गर्दै छ ।
घरेलु मैदान कीर्तिपुरमा हुने खेल बिहान सवा ९ बजे सुरु हुनेछ। नामिबियाविरुद्ध जितका साथ नेपाल लिग टुमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ। एक दिवसीय अन्तर्राष्ट्रियमा यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेका छन्। १ खेल भने नतिजा विहिन छ।
त्रिकोणात्मक सिरिजमा यी २ सहित नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ।