Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवाले दबाब बढाउँदा पनि गगन थापा टसमस भएनन्, आगामी दिनमा ‘नो’ गठबन्धन

देउवाले दबाब बढाउँदा पनि गगन थापा टसमस भएनन्, आगामी दिनमा ‘नो’ गठबन्धन

  • सोमवार, फाल्गुण ७ २०८०

  • 1.4K
    SHARES

  • देउवाले दबाब बढाउँदा पनि गगन थापा टसमस भएनन्, आगामी दिनमा ‘नो’ गठबन्धन

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार परेका सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष सकिएको छ।

    महामन्त्री थापाले पार्टीले अब उप्रान्तका कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेर जानुपर्ने विषय प्रतिवेदनमा समेटेपछि त्यसलाई संशोधन गराउने संस्थापन पक्षको प्रयास विफल भएको हो।

    सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको बैठकमा संस्थापन पक्षले दबाब दिएपनि महामन्त्री थापा आफ्नो अडानबाट टसमस हुनुभएन । महासमितिको उद्घाटनपछि फेरि बैठक बस्ने गरी बूढानीलकण्ठको बैठकबाट नेताहरू उठेको बताइएको छ।

    वर्तमान सत्ता गठबन्धन भत्किने डरले संस्थापन पक्षले ‘प्रि–इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने महामन्त्री थापाको प्रस्तावप्रति आपत्ति जनाउँदै आएको छ। प्रतिवेदनबाट उक्त विषय हटाउन निरन्तरजसो सभापति देउवाले महामन्त्री थापालाई दबाब दिए पनि उहाँ पछि हट्नुभएको छैन ।


    सोमवार, फाल्गुण ७ २०८००२:०४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij