Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपाल एलाई हराउँदै क्यानडा–११ ले जित्यो सिरिज

नेपाल एलाई हराउँदै क्यानडा–११ ले जित्यो सिरिज

  • बिहिवार, फाल्गुण १० २०८०

  • 1.2K
    SHARES

  • नेपाल एलाई हराउँदै क्यानडा–११ ले जित्यो सिरिज

    काठमाडौं । नेपालको वैकल्पिक टीम नेपाल ए क्यानडा एघारसँगको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा पराजित भएको छ । यससँगै तीन खेलको शृंखला २–१ ले क्यानडाले जितेको छ ।

    पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।


    आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो ।  क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनीत दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए ।

    नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए । 

    माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । 

    त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

    क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष थाकरले समान दुई–दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक–एक विकेट लिए ।

    यससँगै नेपाल एले आफ्नो पहिले एकदिवसीय सिरिजलाई बिट मारेको छ । नेपालमा पहिलो पटक वैकल्पिक खेलाडीलाई समेटेर नेपाल ए टीम बनाइएको हो ।


    बिहिवार, फाल्गुण १० २०८००४:४१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij