Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्चमा, चैत्र १२ गते तारिख

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्चमा, चैत्र १२ गते तारिख

  • बिहिवार, फाल्गुण १० २०८०

  • 1.1K
    SHARES

  • जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्चमा, चैत्र १२ गते तारिख
    काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन दर्ता भएको छ। लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले पुनरावेदन दर्ता भएको र  चैत्र १२ गतेका लागि तारिख  तोकिएको जानकारी दिनुभयो। उहाँले बलात्कार मुद्दामा लामिछाने निर्दोष रहेको र उच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभयो।
     
    जिल्ला अदालत काठमाडौंको फैसला बदरको माग गर्दै लामिछाने बिहीबार(आज) आफ्ना वकिल घिमिरेसँग उच्च पुगेका थिए।  जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो । 
     
    नाबालिग बलात्कार गरेको आरोपमा गौशाला–२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।   तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको छ।
     
    काठमाडौंको गौशालास्थित एक होटेलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो।


    बिहिवार, फाल्गुण १० २०८००५:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij