Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

एमाले अध्यक्ष ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

  • बिहिवार, चैत्र १ २०८०

  • 772
    SHARES

  • एमाले अध्यक्ष ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।  स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजे देखि दिउँसो १बजेसम्म  उनीहरू बीच  संवाद हुने भएको छ । 
     
    सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुने छ। सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन् ।  चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ । महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइनेछ ।


    बिहिवार, चैत्र १ २०८००२:२४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij