Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

  • शनिवार, चैत्र ३ २०८०

  • 958
    SHARES

  • राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
    काठमाडौं । राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । 
     
    दुई समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहनुभयो भने समर्थकमा इन्दिरा देवी गौतम र दुर्गा गुरुङ प्रस्तावक रहनुभएको छ।
     
    त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहेका संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो ।
     
    भोलि दुवै समितिको बैठकले एकमात्रै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुने उहाँले बताउनुभयो । राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ गतेका लागि तोकिएको थियो । 
     


    शनिवार, चैत्र ३ २०८००२:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij