Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

“जीवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक (भिडियोसहित)

“जीवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक (भिडियोसहित)

  • आइतवार, चैत्र ४ २०८०

  • 1.8K
    SHARES

  • “जीवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

    जीवन यो हाम्रो दुई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माँया हो भन्ने कुरालाई समेट्ने कोशिस गरिएर “जीवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक भएको छ । वास्तवमा माँयाले नै संसार चलेको छ । माँया शब्द कस्को लागी प्यारो नहोला र ? माँयाले नै यो संसार चलेको छ । माँयाले कोही कसैलाई जिवन दिन सक्छ र घृणाले अरुलाई मनोबल घटाउछ ।

    माया नपाएर कोही कसैले अकाल्मै आफ्नो ज्यान गुमाएका घट्नाहरु दिनानुदिन सामाजिक सञ्जालमा आईरहेका पनि छन् । माँया एक अर्काको विश्वास, भरोसा, सम्बन्ध, सामिप्यता अनि आत्मियताको परिपुक हो । माया विना केही पनि सम्भव छैन । सोही कुरालाई मध्यनजर गर्दै सकारात्मक सन्देश दिनका लागी यो गीत सार्वजनिक गरको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

    “जीवन यो हाम्रो” नामक गीतमा मुन प्रसाई (जुनु)को स्वर रहेको छ भने डा। बिष्णु ईङनाम (लिम्बु)को शब्द, बिशान मुकारुङको संगीत रहेको छ । यस गीतको भिडियोमा उजाड योङहाङ लिम्बुको निर्देशन, रुबेन गजमेरको परिकल्पना, सुनिल सुन्दाशको छायांकन तथा सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ । यस गीतको निर्माता तारा लिम्बु सोदेम्बा रहेका छन् ।

    उक्त गीतको भिडियोमा मुन प्रसाई (जुनु) र कला शिवाको अभिनय रहेको छ भने राम बहादुर बमजम अतिथी कलाकारको रुपमा देखा परेका छन् । यस गीतलाई Tara Music Creation युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।


    हेर्नुहोस् भिडियोः

     


    आइतवार, चैत्र ४ २०८००२:५६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij