काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ। नेपाली समय अनुसार राति पौन १ बजे खेल सुरु हुने भएको छ ।
यसअघि नेपालले बहराइनसँगको होम खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो।
तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमा खेल्ने भएको हो।