काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू प्रश्नभन्दा माथि नरहेको बताउनुभएको छ ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै आफूहरु कुनै दलसँग पछि नहिँडेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी प्रश्नभन्दा बाहिर छैनौं, प्रश्नभित्रै छौं। तर, ती प्रश्न कहाँ कुन कोणमा पूर्वाग्रह र आग्रहसहित आएका हुन् कि प्रश्न जस्ता प्रश्न हुन् भन्ने कुरामा चाहिँ फेरि ठूलो प्रश्न गर्छ । हामी पछाडि हट्दैनौं । हामी कुनै दलसँग पछि लाग्न हिँडेका होइनौं ।’
देश परिवर्तन गर्न आफूहरु हिँडेको उहाँको भनाइ छ ।