Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आज पनि नेपालले आयरल्यान्डलाई हरायो, ७१ रनको सहज जीत

आज पनि नेपालले आयरल्यान्डलाई हरायो, ७१ रनको सहज जीत

  • मंगलवार, चैत्र १३ २०८०

  • 1.1K
    SHARES

  • आज पनि नेपालले आयरल्यान्डलाई हरायो, ७१ रनको सहज जीत

    काठमाडौं। नेपालले पाहुना टोली आयरल्यान्ड ’ए’ माथी ७१ रनको जीत हात पारेको छ। टीयू क्रिकेट मैदानमा आज भएको दोस्रो टी–२० खेलमा नेपालले आज ७१ रनको जित हात पारेको हो।

    यसअघी हिजो भएको पहिलो खेलमा ६ विकेट र दोस्रो पनि सहज जीत हात पारेपछि नेपाल २–० ले जित्न पुग्यो। टस जितेर ब्याटिङ गर्दै १९९ रनको लक्ष्य दिएको नेपालले आयरल्याण्डविरुद्ध ७१ रनको जीत दर्ता गरेको हो। २० ओभरमा ७ विकेट गुमाउँदै नेपालले १९९ रनको लक्ष्य दिएको थियो ।

    नेपाली बलरसामु टिक्न नसक्दा आयरल्यान्ड १८.३ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो।​ आयरल्यान्डका लागि स्टेफन दोहनीले २६, मोर्गन टोपीलले २१, केड कार्रिमेचलले १८, कप्तान नेल रकले १७, रोस अडेरले १७ रन बनाए।

    ८ बलर खेलाएको नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३÷३ विकेट लिए। करण केसी, विवेक यादव र कुशल भुर्तेलले एकएक विकेट लिए। आयरल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए ।

    कुशल मल्लले १३ बलमै ३४ रन बनाउँदा रोहित पौडेलले ३३ रनको योगदान दिए । कुशल भुर्तेलले २५, सन्दीप जोराले १० बलमा २१, अनिल साहले १२ र आसिफ शेखले ११ रनको योगदान दिए । डेब्यु गरेका विवेक यादवले ८ बलमा ७ रन बनाए ।


    मंगलवार, चैत्र १३ २०८००५:१६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij