Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय

सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय

  • बिहिवार, चैत्र १५ २०८०

  • 739
    SHARES

  • सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय

    काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

    बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ५ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।


    बिहिवार, चैत्र १५ २०८००१:१३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij