युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुुइ खेल हुने भएका छन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा बैंगलोर आफ्नो ११ औं चेन्नई आफ्नो १२ औं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
प्रतियोगितामा ११ खेलमा ८ मा हार व्यहोरेको चेन्नई यो खेलमा आफ्नो शाख जोगाउन चाहन्छ भने १० खेलमा ७ खेल जितेको बेङ्ग्लोर भने ठूलो जित निकाल्न चाहन्छ । बेङ्ग्लोर अहिले तेस्रो स्थानमा छ भने चेन्नई पुछारमा छ । आज नै हुुने दोसा्रे खेलमा शेख जयेद स्टेडियममा राजस्थान रोयल र मुम्बई इन्डीयन भिड्ने छन्।
यी दुुई टोलीबीचको खेल नेपाली समय अनुुसार राति पौने ८ बजे सुुरु हुुनेछ। प्रतियोगिता चलिरहँदा मुम्बई १० खेलमा ७ जितसहित पहिलो स्थानमा छ । एक खेल बढी खेलेको राजस्थान भने चार खेलमा विजयी हुँदै ८ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ।