Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

  • सोमवार, चैत्र १९ २०८०

  • 1.2K
    SHARES

  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको प्राप्त गर्नुभएको छ ।

    सोमबार प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये जम्कट्टेलको पक्षमा ५६ मत पर्‍यो भने विपक्षमा जम्मा ३७ मत खस्यो। यस्तै १५ सांसद तटस्थ बसे।

    जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो। यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे।

    १६ महिनाको अवधिमा उहाँले तेस्रोपटक विश्वासको मत पाउनुभएको हो । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरण बदलिएपछि आज प्रदेशसभाबाट फेरि विश्वासको मत लिनुभएको हो ।

     


    सोमवार, चैत्र १९ २०८००६:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij