Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री रवि लामिछाने पत्नी निर्वतमान उपाध्यक्ष रहेको सहकारीमा छापा, ७० लाख रुपैयाँ निकालेको आरोप

गृहमन्त्री रवि लामिछाने पत्नी निर्वतमान उपाध्यक्ष रहेको सहकारीमा छापा, ७० लाख रुपैयाँ निकालेको आरोप

  • बुधवार, चैत्र २१ २०८०

  • 3.8K
    SHARES

  • गृहमन्त्री रवि लामिछाने पत्नी निर्वतमान उपाध्यक्ष रहेको सहकारीमा छापा, ७० लाख रुपैयाँ निकालेको आरोप

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारिएको छ ।

    काठमाडौं महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो ।

    महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ ।

    यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो ।

    महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो । महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो ।

    विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए । यसरी सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो । तर, उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको अनुगमन समितिलाई सहकारी व्यवस्थापकले जानकारी दिएका थिए ।

    सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन् । सोही सहकारी दुई वटा समूह छ ।

    भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ ।


    बुधवार, चैत्र २१ २०८००७:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij