Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नयाँ पार्टीले पनि भ्रष्टाचार गरे भ्रष्टाचार नै मानिन्छ : गगन थापा

नयाँ पार्टीले पनि भ्रष्टाचार गरे भ्रष्टाचार नै मानिन्छ : गगन थापा

  • शनिवार, चैत्र २४ २०८०

  • 1.1K
    SHARES

  • नयाँ पार्टीले पनि भ्रष्टाचार गरे भ्रष्टाचार नै मानिन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दल जोसुकैले गरेको भएपनि कानूनको शासनभन्दा माथि कोही पनि नहुने बताउनुभएको छ ।

    ललितपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा नयाँ वा पुरानो भनेर छुट नहुने बताउनुभयो ।

    रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै महामन्त्री थापाले प्रश्नभन्दा माथि कोही पनि नेता नरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ ।’

     


    शनिवार, चैत्र २४ २०८००५:३३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij