युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (सोमबार) कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा कोलकाता र पन्जाब १२ औं खेलमा लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र पन्जाबबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा कोलकाता सातौं जितको खोजीमा हुनेछ । कोलकाता ११ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानाम रहेको छ । पन्जाब छैटौं जित निकाल्न चाहन्छ ।
कोलकातालाई हराएर पन्जाब पनि प्ले अफ होड कायम राख्न चाहन्छ । पन्जाब ११ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ।