Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसीसी प्रिमियर कपः नेपाल अपराजित रुपमा सेमिफाइनल पुग्यो

एसीसी प्रिमियर कपः नेपाल अपराजित रुपमा सेमिफाइनल पुग्यो

  • बुधवार, बैशाख ५ २०८१

  • 1.3K
    SHARES

  • एसीसी प्रिमियर कपः नेपाल अपराजित रुपमा सेमिफाइनल पुग्यो

    काठमाडौं। एसीसी प्रिमियर कप २०२४ मा नेपाल अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ। ओमानमा आज भएको खेलमा साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल अपराजितका साथ सेमिफाइनलमा पुगेको हो। नेपाल समूह ए बाट सबै ४ खेलमै जित हात पार्यो ।

    वर्षका कारण २० ओभरबाट ८ ओभरमा झारिएको खेलमा ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

    ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २(२ रनमा आउट भए। एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।

    साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए। त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । मंगलबार राती वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो ।

    ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाएका थिए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।

    नेपाल समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले शुक्रबार समूह बी को उप–विजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।


    बुधवार, बैशाख ५ २०८१०४:०९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij