Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  • बिहिवार, बैशाख ६ २०८१

  • 1.2K
    SHARES

  • पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । आज बिहिबार पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए। । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख र जुकाको औषधी २९ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ ।

    भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने छ।

     


    बिहिवार, बैशाख ६ २०८१०८:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij