काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् ।
सन्दीपले ४ चौका र २ छक्कासहित ५० रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो रनको स्कोर बनाउन पनि सकेनन् ।
यस्तै दीपेन्द्र स्पिनर आयन खानको १४ औं ओभरको दोस्रो बलमा ५ रनमा एलबीडब्लू आउट भए । दीपेन्द्र उत्कृष्ट लयमा थिए । कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका थिए । उत्कृष्ट अन्त्य गर्दै आएका उनी आजको खेलमा भने चुकेका हुन् ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।