Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसीसी प्रिमियर कपः युएईसँग नेपालको लज्जास्पद हार, एसिया कप खेल्ने सम्भावना सकियो

एसीसी प्रिमियर कपः युएईसँग नेपालको लज्जास्पद हार, एसिया कप खेल्ने सम्भावना सकियो

  • शुक्रवार, बैशाख ७ २०८१

  • 1.8K
    SHARES

  • एसीसी प्रिमियर कपः युएईसँग नेपालको लज्जास्पद हार, एसिया कप खेल्ने सम्भावना सकियो

    काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साबिक विजेता नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ। ओमान जारी प्रतियोगितामा आज युएईसँग ६ विकेटले पराजित भएसँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ।

    फाइनल प्रवेशका लागि युएईविरुद्धको खेलमा खराब ब्याटिङका कारण लज्जास्पद हार बेहोरेसँगै अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल एसिया कप खेल्नबाटै बञ्चित भएको हो।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य युएईले १७ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो।

    युएईको जितका लागि विष्णु सुकुमारानले २८ रन,एलिशान शराफुले ३३ रन, महम्मद वासिमले ११ रन,साहेद हैदरले १४ रन र असिफ खानले १० रनको योगदान गरे।

    नेपालका लागि गुल्शन झाले दुई विकेट, सोम्पाल कामी र ललित राजवंशीले एक/एक विकेट लिए।


    शुक्रवार, बैशाख ७ २०८१०३:०१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij