Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने

स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने

  • शुक्रवार, बैशाख ७ २०८१

  • 767
    SHARES

  • स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले शुक्रबार(आज) एक निर्देशन जारी गर्दै कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको हो । 
     
    यस्तै मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन पनि दिएको छ ।
     
    स्वास्थ्य मन्त्रालयले अन्तरगत रहेका स्वास्थ्यका निकायहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा नभेटिएको पत्रमा उल्लेख छ । 
     
    जसका कारण सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो समेत आएको भन्दै मन्त्रालयले कार्यालय समयमा कार्यकक्षमै रहन निर्देशन दिएको हो ।
    1.webp


    शुक्रवार, बैशाख ७ २०८१०७:३९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij