Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

वेस्ट इन्डिज ‘ए’ सँग आज तेस्रो खेल खेल्दै नेपाल

वेस्ट इन्डिज ‘ए’ सँग आज तेस्रो खेल खेल्दै नेपाल

  • बुधवार, बैशाख १९ २०८१

  • 1.1K
    SHARES

  • वेस्ट इन्डिज ‘ए’ सँग आज तेस्रो खेल खेल्दै नेपाल
    काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत तेस्रो खेल आज बुधबार खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः१५ बजेबाट शुरू हुने छ। 
     
    आइतबार सम्पन्न दोस्रो खेलमा नेपाललाई १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ। त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो।
     
    पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ रोस्टन चेजको कप्तानीमा छ । ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित शृंखलाको चौथो खेल बिहीबार र पाँचौ खेल शनिबार हुनेछ । उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।
     


    बुधवार, बैशाख १९ २०८१०६:३८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij