काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबीच फोनवार्ता भएको छ ।
गत १८ वैशाखमा दुई मन्त्रीबीच कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
फोनवार्ताका क्रममा गृहमन्त्री लामिछानेले मलेसियामा नेपाली श्रमिक धेरै रहेको र उनीहरूको सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । दुई मन्त्रीहरूको बीचमा मलेसियामा लुकेर बसेका गितेन्द्रबावु (जीबी) राईबारे पनि कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले बताइन् ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध रेड नोटिस जारी भएको छ । पछिल्लोपटक उनी मलेसियामा ‘लोकेट’ भएका थिए ।