Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

  • बिहिवार, कार्तिक १३ २०७७

  • 795
    SHARES

  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिनुभएको हो।

    उक्त बैठक पार्टीको आगामी १४औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने पनि मुख्य सचिव पौडेलले बताउनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ।

    यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो।


    बिहिवार, कार्तिक १३ २०७७०१:४३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij