इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्ससँग खेल्दै छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । प्लेअफमा आफ्नो सम्भावना जोगाइ राख्न आजको खेलमा कोलकातालाई जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाल्न सके कोलकाता अंक तालिकाको शीर्ष चारमा उक्लनेछ।
यता समूह चरणबाटै बाहिरिएको चेन्नई आजको खेलमा जित निकाल्दै आफूलाई राम्रो अवस्थामा राख्दै यो सिजनको अन्त्य गर्ने योजनामा छ।