Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल बिरामी, बीचबाटो बाटै हेलिकोप्टरमा ल्याइँदै

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल बिरामी, बीचबाटो बाटै हेलिकोप्टरमा ल्याइँदै

  • मंगलवार, बैशाख २५ २०८१

  • 1.1K
    SHARES

  • बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल बिरामी, बीचबाटो बाटै हेलिकोप्टरमा ल्याइँदै

    काठमाडौं । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी हुनुभएको छ । उहाँको सप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।

    मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँको प्रेसर पनि अत्यधिक लो रहेको बताइएको छ ।

    सेनाको हेलिकोप्टरले उहाँलाई काठमाडौं ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ । त्यसअघि उहाँको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको जनाइएको छ ।

    मुख्यमन्त्री जम्कट्टेल खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाँदै हुनुहुन्थ्यो ।


    मंगलवार, बैशाख २५ २०८१०१:५५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij