Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो बनाइयो : गगन थापा

गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो बनाइयो : गगन थापा

  • शुक्रवार, बैशाख २८ २०८१

  • 819
    SHARES

  • गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो बनाइयो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाउनुभएको छ ।

    उहाँले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले धोइ पखाली गरेर नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन। ढाकछोप गरियो राज्यका तमाम अंगहरुलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो तपाईँहरूले धोएर धोइन्न, पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन।’

    उहाँले अब सदन अघि नबढ्नेको जिम्मेवार कांग्रेस नभई सरकार आफैँ हुने बताउनुभयो ।

    उहाँले आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गर्नुभयो ।

    उहाँले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको टिप्पणी गर्नुभयो । गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी गर्नुभयो ।


    शुक्रवार, बैशाख २८ २०८१०५:१४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij