युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थानले आबुधाबीमा खेल्नेछ ।
पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा पन्जाब सातौं जितको खोजीमा हुनेछ । पन्जाब १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ । प्ले अफको गणितीय सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।