Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले दुई पासपोर्टमा कसरी उन्मुक्ति पाउँछन् ?

रवि लामिछानेले दुई पासपोर्टमा कसरी उन्मुक्ति पाउँछन् ?

  • बिहिवार, जेठ १० २०८१

  • 629
    SHARES

  • रवि लामिछानेले दुई पासपोर्टमा कसरी उन्मुक्ति पाउँछन् ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताउनुभएको छ ।

    विराटनगरमा बिहीबार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताउनुभयो । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने ? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले प्रश्‍न गर्नुभयो ।

    गृहमन्त्री लामिछानेका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गर्नुभयो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको उहाँले बताउनुभयो ।

    सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेको कोइरालाले बताउनुभयो।

    सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको उहाँले बताउनुभयो ।


    बिहिवार, जेठ १० २०८१०२:००:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij